ईसाई धर्मावलम्वीहरुले आज क्रिसमस मनाउँदै

काठमाडौं : येशु क्रिष्टको जन्मोत्सव क्रिसमस आज विश्वभरीका ईसाई धर्मावलम्वीहरुले मनाउँदै छन् । यस अवसरमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस मनाउँदैछन् । 

ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर २५ तारिखका दिन यो दिवस विश्वभरी मनाउने गरिन्छ । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको थियो ।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थना गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचारहरू

Comments