राष्ट्रपति भण्डारीद्धारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण
- झरना खबर
- २०७९ पौष २७ गते १५:१७ बजे प्रकाशित
.jpg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।
आज पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।
राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसाधारण सहभागी थिए ।
पृथ्वी जयन्तीको अवसरमा आजै राप्रपा र राप्रपा नेपालले पनि माल्यार्पण तथा चियापान कार्यक्रम आयोजना गरेका छन् ।
अन्तिम अपडेट : २०७९ पौष २७ गते १५:१७ बजे
Comments