नेकपा काठमाडौंमा ओली पक्षको बहुमत,अध्यक्ष राईले पाए अधिकाशं जनप्रतिनिधिदेखी जिल्ला सदस्यको साथ
- झरना खबर
- २०७७ माघ २ गते १७:१६ बजे प्रकाशित
काठमाडौं – नेपाल कम्यूनिष्ट पार्टी नेकपा काठमाडौं जिल्लामा ओली पक्षले बहुमत पु¥याएको छ । सिमा पार्टी प्यासलेस बसुन्धारामा आज भएको तेस्रो विस्तारीत बैठकमा ओली पक्षमा बहुमत पुगेको हो । २२५ सदस्यीय जिल्ला कमिटीमा १३१ सदस्यले हस्ताक्षर गरेका छन् भने करिब १५ सदस्यले हस्ताक्षर गर्न बाँकी रहेको जिल्ला सचिवालय सदस्य रामशरण ढुङ्गानाले जानकारी दिए । उनले आफुहरुको पक्षमा १५० भन्दाबढी सदस्य रहेको समेत दाबी गरे । उनले भने 'नेकपा आधिकारिक हामी नै हो,केही साथीहरु विशेष कामले आज आउन पाँउनु भएन, तर उहाँहरु हाम्रै पक्षमा हो । काठमाडौं जिल्ला कमिटीमा बहुमत हामीमै छ । केही साथीहरु अलमलमा पर्नुभएको छ ,उहाँहरु पनि फर्केर आउनु हुन्छ ।'
आजको बैठकले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा क्षेत्रिय संयोजक समेत तोकको छ भने माघ १० भित्र १० वटै नगरपालिकामा नगरस्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले क्षेत्र र नगरमा कमिटी गठन गर्दै कार्यविभाजन तोक्ने निर्णय गरेको हो । नेता ढुङ्गानाले पछिल्लो समय नेकपामा आएको विवादबारे आम कार्यकर्तालाई स्पष्ट पार्न समेत सम्पूर्ण जिल्ला कमिटी सदस्यहरु सर्कुलर जारी गरेको बताए ।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले काठमाडौंलाई आफ्नो पक्षमा पार्न सफल भएका छन् । स्थानीय तह निर्वाचनमा नेकपा एमाले र प्रदेस संघ निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारहरुलाई काठमाडौं जिल्लामा विजयी गराउन महत्वपूर्ण भूमिका खेलेका राई पार्टीमा विवाद हुदाँ दुई तिहाई जनप्रतिनिधिलाई आफ्नो पकडमा राख्न सफल भएका हुन ।
काठमाडौं जिल्लाका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये ६ मा र २० प्रदेस सभा निर्वाचन क्षेत्र मध्ये १६ वटामा नेकपाका उम्मेदवार विजयी बनाउन जिल्ला अध्यक्षको हैसियतले राई सफल भएको देखिन्छ त्यस्तै ११ स्थानीय तह मध्ये ६ वटा नगरपालिकामा प्रमुख उपप्रमुख र काठमाडौं महानगरपालिकाको प्रमुखका साथै दुई नगरपालिकामा उपप्रमुख सहित बहुमत जनप्रतिनिधि जिताउने अभियानको नेतृत्व गरेका उनले पार्टीमा देखिएको विवाद संगै दुई तिहाइ भन्दा बढी जनप्रतिनिधिको साथ पाएका छन।
२०५० शालमा विशेष जिल्ला कमिटी सदस्य ,२०५४ शालमा जिल्ला कमिटी सदस्य हुँदै २०६७ शालमा काठमाडौं जिल्ला कमिटी उपाध्यक्षमा निर्वाचित बनेका राई २०७२ शालमा काठमाडौं जिल्ला कमिटीको अध्यक्ष र पार्टी एकीकरण पछि केन्द्रीय सदस्य बनेका थिए।
अन्तिम अपडेट : २०७७ माघ २ गते १७:२२ बजे
Comments