आज बकर इद ,मुस्लिम धर्मावलम्बीहरू मस्जिदमा गई सामूहिक नमाज पढेर मनाउँदै

  • झरना खबर
  • २०८० आषाढ १४ गते ११:२२ बजे प्रकाशित

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् ।

काठमाडौंमा रहेका इस्लाम धर्मावलम्बीहरूले जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्नुका साथै शुभकामना आदानप्रदान गरेका छन् ।

नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

सम्बन्धित समाचारहरू

Comments