श्री जगनाथ रथयात्रा सम्पन्न (फोटो फिचर)

काठमाडौँ- श्री जगनाथ रथ यात्रा मूल समारोह समिति स्कोन जोरपाटी नामहाट केन्द्रले शनिबार बृहत  रथयात्रा सम्पन्न गरेको छ । काठमाडौँको चाबहिल चोक देखि चुच्चेपाटी, बौद्ध, जोरपाटी हुँदै गोकणेश्वर नगरपालिकाको नारायणटारसम्म भएको उक्त रथयात्रामा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिसक कुमार रिसाल रहेका थिए ।बृहत रथयात्रा बिहान १० बजेदेखि सुरु भएको थियो । रथयात्राले धार्मिक तथा सांस्कृतिक परम्परालाई जगेर्ना गर्न सहयोग पुग्ने नारायण कृपा सिन्धु दासले जानकारी दिएका छन् ।

यस जगनाथ रथ यात्रामा गोकर्णेश्वर नगरपालिकाकी उप-प्रमुख सान्नानी लामा सहित सयौं क्षेत्रका भक्तजन उपस्थित भएर सहभागी बनेका थिए।रथयात्रामा प्रमुख अतिथिको रुपमा आफुलाई निमन्त्रण गरेकोमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिसक कुमार रिसालले आयोजक टिमलाई आभार व्यक्त गरेका छन् ।रथयात्रामा नौमति बाजा सहित हरि संकीर्तन टोलीले हरि संकीर्तन प्रस्तुति दिएका थिए। रथ यात्रा अन्तर्गत दिउँसो ३ बजे चाबहिल चोकमा पुगेर समापन गरिएको थियो,भने समापनपछि अटका महाप्रसाद वितरण गरिएको थियो।

सम्बन्धित समाचारहरू

Comments