विनायक सिद्ध कलेजमा कक्षा ११ मा भर्ना खुल्यो,भविष्य निर्माणको उपयुक्त गन्तव्य बन्दै

  • झरना खबर
  • २०८१ आषाढ १९ गते १०:२६ बजे प्रकाशित

चाबहिल- काठमाडौं महानगरपालिका वडा नम्बर-७ चाबहिलमा रहेको विनायक सिद्ध कलेज (भि एस) उच्च शिक्षा पढ्ने विद्यार्थीहरुका लागि राम्रो गन्तव्य कलेजका रुपमा स्थापित बन्दै आएको छ ।

स्थापना कालदेखि नै विद्यार्थीहरुको रोजाइमा रहेको यस कलेज छोटो समयमा विद्यार्थीहरुको रोजाइमा पर्न सफल भएको छ । अहिले विनायक सिद्ध कलेज (भिएस) ले कक्षा ११ मा सिमित सिटका लागि भर्ना अभियान खुलाएको छ । कलेजमा अध्ययन गर्न इच्छुक विद्यार्थीले आफ्नो सिट सुरक्षित गर्न समेत कलेजले आग्रह गरेको छ ।

एसइईको नतिजा प्रकाशित भएको भोलिपल्ट एक सूचना प्रकाशित गरेर कलेजले भर्ना आह्वान गरेको हो । कलेजले शैक्षिक सत्र २०८१-८२ का लागि नयाँ विद्यार्थी भर्ना आह्वान गरेको छ। कक्षा ११ मा विभिन्न संकायका विषयहरुमा नयाँ भर्नाका लागि आवेदन खुलेको क्याम्पस प्रमुख रामकृष्ण सिङ्खडाले जानकारी दिएका छन् ।

विद्यार्थीहरुको रुचि तथा प्रतिभाको उजागर गर्ने तथा विद्यार्थीहरुको क्षमता अभिवृद्धि तथा सर्वाङगीण विकासमा जोड दिँदै आएको यस कलेजमा व्यवस्थापन मानविकी र विज्ञान संकायका कक्षाहरु सञ्चालन भइरहेको छ । यस कलेजमा विद्यार्थीहरुको मनोविज्ञानलाई आधार मानेर अध्ययन अध्यापन गराउने गरेको क्याम्पस प्रमुख सिङ्खडाले बताए ।

कलेजमा एसईईको नतिजा प्रकाशन भएसँगै कक्षा ११ मा भर्ना हुने विद्यार्थीको संख्या बढ्न थालेको छ । छोटो समयमा राम्रो ख्याति कमाउन सफल भएको विनायक सिद्ध कलेजमा कक्षा ११ मा भर्ना हुन जाने विद्यार्थीको उल्लेख्य भिड देखिएको छ । कलेजले शैक्षिक क्षेत्रमा निरन्तर विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।

क्याम्पस प्रमुख रामकृष्ण सिङ्खडाले विद्यार्थीले विषय र शिक्षालय रोज्दा साथी-साथीको लहैलहैमा लागेर नभई भविष्यका आफ्ना योजना के छ ? त्यसलाई पूरा गर्न कहाँ सहज हुन्छ ? भन्ने आधारमा कलेज छान्न र भर्ना गर्न सुझाव दिएका छन् । यस कलेजले बेलाबेलामा वातावरण संरक्षणका बिषयमा समाजमा जनचेतना अभिबृद्धि गर्ने, महिला हिँसा बिरुद्ध कार्यक्रम संचालन गर्ने, दुर्वेशनी बिरुद्ध सामाजिक क्रियाकलापमा सहभागी भएर शैक्षिक तथा सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ।

विनायक सिद्ध कलेज शैक्षिक हवको रुपमा स्थापित भएको र विभिन्न शैक्षिक संस्थाहरुसँग मैत्रीपूर्ण प्रतिष्पर्धा गर्दै तिव्र गतिमा आफ्नो पहिचान बनाउन सफल एकमात्र शैक्षिक संस्था बनेको छ । त्यसैले विनायक सिद्ध कलेज विद्यार्थीहरुका लागि असल भविष्य निर्माणको उपयुक्त गन्तव्य कलेज बन्दै आएको छ ।

विद्यार्थीहरुका लागि विनायक सिद्ध कलेज नै किन ?

१.वैकल्पिक शिक्षामा कलेजको जोड
२.सेवामुखी भावले स्थापीत कलेज 
३.शिक्षाको मूल मर्मलाई सम्बोधन गर्ने उद्देश्य 
४.लामो अनुभवको विकास 
५.प्रविधि र मल्टिमिडियाको प्रयोग गर्दै आएको
६.कम्प्यूटर शिक्षा अनिवार्य रुपमा प्रदान गर्दै आएको
७.मध्यम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान 
८.सिमित सिटमा मात्र विद्यार्थी भर्ना लिने
९.दक्ष प्राध्यापकहरुबाट अध्यापन
१०.खेल  विकासलाई महत्वपूर्ण मान्ने
११.विद्यार्थीहरुलाई शैक्षिक र शैद्धान्तिक ज्ञानसंगै व्यवहारिक बनाउने
१२.रचनात्मक क्रियाकलापमा विशेष जोड दिदैँ आएको
१३.विद्यार्थीहरुको रुचि तथा प्रतिभाको उजागर गर्न सफल

(विनायक सिद्ध कलेजको शैक्षिक प्रगतीको हार्दिक मंगलमय शुभकामना)

सम्बन्धित समाचारहरू

Comments