नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा माघ १७ गते हेटौंडामा हुने

काठमाण्डौं - नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा आउँदो माघ महिनाको १७ गते हेटौंडामा हुने भएको छ । देशैभरिका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरि बजारमा पठाउने उद्योगहरुको छाता संगठनका रुपमा गठन गर्न पुष २६ र २७ गते काठमाण्डौंमा बसेको उद्योगीहरुको भेलाले माघ १७ गते प्रारम्भिक साधारण सभा राख्ने निर्णय गरेको हो ।

भेलाले साधारण सभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति समेत गठन गरेको छ । उक्त समितिको पूर्ण बैठकले सो प्रारम्भिक साधारण सभा हेटौंडामा आयोजना गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा देशै भरीका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिहरूको सहभागी रहने संयोजक बिक्रम लिम्बु चेमजोङले बताउनु भयो ।

त्यसैगरी समितिका सदस्यहरुमा गोकर्ण सिलवाल ,गंगा प्रसाद अगंजा , गोकुल थापा , रविन्द्र मोहन अधिकारी  , लिला भण्डारी , मिना दाहाल,भिमसेन खतिवडा , भरत बुढाथोकी , रुपचन्द्र थापा , रोसा  श्रेष्ठ , राष्ट्रमान श्रेष्ठ , कैलास भट्ट , दिपक श्रेष्ठ , ध्रुब अधिकारी  , बिक्रम मण्डल , रुपचन्द्र नौलाखा , ध्रुब बहादुर गौतम र अमराज लामा रहेका छन् । उक्त समितिको बैठकले भरत लकाई र देव नारायण चौलागाई रहेको दुई सदस्यीय कानुनी सल्लाहाकार समिति समेत गठन गरेको छ ।

सम्बन्धित समाचारहरू

Comments