प्याब्सन काठमाण्डौंको वरिष्ठ उपाध्यक्षमा सुदर्शन थापा निर्वाचित , गोकर्णेश्वरमा हर्ष बढाईं

काठमाण्डौं - प्याब्सन काठमाडौंको १६ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । लामो रस्सा कस्सिका बिच भएको निर्वाचन पश्चात प्याब्सन काठमाडौंको वरिष्ठ उपाध्यक्षमा सुदर्शन थापा  निर्वाचित भएका छन् ।

प्याब्सन काठमाण्डौंले कार्यसमितिका पदाधिकारी सहमतिका आधारमा चयन गर्ने भनिएपनि केहि पदाधिकारी चयनमा रस्सा कस्सि भएपछि र सहमति जुट्न नसकेपछि अन्नत: निर्वाचन भएको थियो । निर्वाचन मार्फत जिल्लाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन थापा निर्वाचित भएका हुन् ।

उच्चतम अभ्यासका बिच भएको निर्वाचनमा जम्मा ३४५ मत मध्ये १७२ मतको फराकिलो मतान्तरले वरिष्ठ उपाध्यक्षमा सुदर्शन थापा ३ वर्षे पदावधिको लागि चयन भएका छन् ।

प्याब्सन काठमाण्डौंको १६ औं जिल्ला अधिवेशनमा मतदान प्रक्रियाबाट आफुलाई वरिष्ठ उपाध्यक्ष पदमा विजयी गराँउन महत्वपूर्ण भुमिका खेलेको भन्दै थापाले सम्पूर्ण सदस्य तथा बिद्यालयका संस्थापक ,डाइरेक्टर, प्रिन्सिपल एवम् प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । उनले आगामी दिनमा प्याब्सनमा रहेर सबैको सेवा गर्ने प्रतिबद्धता समेत प्रकट गरेका छन् ।

यता प्याब्सन काठमाण्डौंको १६ औं जिल्ला अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुदर्शन थापा विजयी भएको भन्दै प्याब्सन गोकर्णेश्वरमा हर्ष बढाईं भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) निजी विद्यालयहरुको छाता संगठनका रुपमा चिनिएको संगठन हो । यस संगठनमा आवद्ध भएका निजी विद्यालयका संचालकहरुले प्याब्सन काठमाडौंको वरिष्ठ उपाध्यक्षमा थापा निर्वाचित भएपछि खुसीले हर्ष बढाईं मनाएका छन् ।

पुष २८ गते (आइतबार) बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा भएको प्याब्सन काठमाण्डौंको १६ औं जिल्ला अधिवेशनबाट नवराज भट्टको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति गठन भएको छ ।

सम्बन्धित समाचारहरू

Comments