वडा अध्यक्ष पाण्डेको अकर्मण्यताले भएन अनुगमन ,पानी उद्योगीले गरे न्याय नपाएको गुनासो
- झरना खबर
- २०८१ पौष २८ गते १३:१३ बजे प्रकाशित

काडमाण्डौं - कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-५ हरियाली नगरमा संचालित 'माता सरस्वती खानेपानी प्रा.लि ' उद्योग संचालनमा आएको निकै वर्ष भयो । हाल उक्त उद्योग रहेको स्थानसँगै अर्को नयाँ 'निरन्जना वेभेरेज प्रा.लि ' नामको उद्योग संचालनका लागि भौतिक संरचना बन्दै गरेको देखिन्छ । उक्त उद्योगले बनाएको संरचनाका कारण 'माता सरस्वती खानेपानी उद्योग' मा असर परेको भन्दै 'निरन्जना वेभेरेज' ले बनाएको संरचनाका कारण आफु मारमा परेकोले स्थानीय निकाएबाट स्थलगत निरिक्षण गराई पाउँ भनेर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-५ थलीमा 'मातासरस्वती खानेपानी प्रा.लि ' ले निवेदन दिएको १० दिन बितिसक्दा समेत वडा कार्यालयबाट कुनै स्थलगत निरिक्षण नभएको र अनुगमन गर्न आलटाल गरेको पाइएको छ ।
माता सरस्वती खानेपानी प्रा.लि का संचालक भिमसेन खतिवडा वडा कार्यालयमा पटक पटक अनुगमन गरिदिनका लागि आग्रह गर्न जाँदा समेत वडा अध्यक्ष शंकर पाण्डेले वेवास्ता गरेको पाइएको हो । एउटा उद्योगीले आफु मारमा परेको र अनुगमन गरि सत्य तथ्य बताइदिन हारगुहार गर्दा समेत वडा अध्यक्ष पाण्डेले उल्टै उद्योगीलाई दलबल सहित वडामा आएको भन्दै हप्काउने गरेको 'माता सरस्वती खानेपानी प्रा.लि' का संचालक खतिवडाले बताएका छन् ।
वडा अध्यक्ष पाण्डे जनता द्वारा निर्वाचित जनप्रतिनिधि हुन , उनले जनताको चासो र गुनासोलाई सुन्ने र समस्याको समाधान निकाल्ने काममा लाग्नु पर्छ । तर पानी उद्योगीले वडा कार्यालयमा दिएको निवेदनलाई १० दिनदेखि वेवास्ता गर्दै अनुगमन नपढाउँदा अध्यक्ष पाण्डे आलोचनाको भारी बोकिरहेका छन् , भने वडा अध्यक्ष पाण्डेको अकर्मण्यताले अनुगमन नहुँदा पानी उद्योगीले आफु मारमा परेको भन्दै न्याय नपाएको गुनासो गरेका छन् ।
वर्तमान समयको सबैभन्दा संवेदनशील र गम्भीर विषयलाई वडा अध्यक्षले नै वेवास्ता गर्दा उनीमाथि यक्ष प्रश्न खडा भएको छ । आफुले दिएको निवेदनको कार्यान्वयनको माग राखेर वडा अध्यक्ष पाण्डको कार्यकक्षमा पुगेका पानी उद्योगीलाई अध्यक्ष पाण्डेले दलबल सहित किन आएको ? भन्दै हप्काएका प्रमाण सहित आउने छौं प्रतिक्षा गर्नुहोस् :
अन्तिम अपडेट : २०८१ माघ १ गते १३:५९ बजे
Comments