प्रधानमन्त्री ओलीका विश्वास पात्र कृष्ण राई मन्त्री बन्ने संकेत !
- झरना खबर
- २०७८ जेष्ठ २३ गते १३:४३ बजे प्रकाशित
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने गरी छलफल थालेका छन् । प्रधानमन्त्री ओली मातहातमा रहेको मन्त्रालयहरुमा एमालेबाटै मन्त्री बनाउने तयारी थालिएको छ ।ओली निकट मानिएका नेताहरु कृष्ण बहादुर राई, महेश बस्नेत, खगराज अधिकारीको नाम चर्चामा आएको श्रोतले बताएको छ । श्रोतका अनुसार यस पटक विगठित प्रतिनिधिसभा सदस्य एबम पार्टी केन्द्रीय कमिटी सदस्य कृष्ण बहादुर राई प्रधानमत्रीको रोजाईमा परेको बताए । पार्टी काठमाडौँ जिल्ला कमिटी अध्यक्ष समेत रहेका राई प्रधानमन्त्रीका विश्वासिलो पत्र हुन् । माओवादीसंगको एकीकरण पश्चात गठित नेकपामा प्रचण्ड र माधव नेपालको ओली बिरोधि आन्दोलन चलाउदा कृष्ण राईले काठमाडौँ डेक हल्लिन दिएका थिएनन् । उनले पार्टीका जनप्रतिनिधि र मातहातका कमिटीहरुमा बहुमत कायम राख्न सफल भएका थिए ।
अन्तिम अपडेट : २०७८ जेष्ठ २३ गते १४:३१ बजे
Comments