‘रोयल्टी र कपीराइटको कुरा गर्दा जीवन खतरामा पर्‍यो’: अनिल सिंह

  • २०७६ माघ २१ गते १८:०० बजे प्रकाशित

काठमाडौँ — सोमबार राति गायक अनिल सिंहले सामाजिक सञ्जाल फेसबुकमा गम्भीर नोट भन्दै आफ्नो जीवन खतरामा रहेको घोषणा गरे । उनले लेखेका थिए 'मेरो जीवन खतरामा छ' । उक्त स्टाटसले धेरैको ध्यान उनीतर्फ तानियो । खासमा किन उनले आफ्नो जीवन खतरामा रहेको लेखे त ? फेसबुकमा उनले त्यसबारे सबै पृष्ठभूमिसहित उल्लेख गरेका छन् ।

उनले फेसबुकमार्फत म्युजिक नेपाल डटकमले आफ्ना गीत गैरकानुनी रुपले बिक्रीवितरण गरेको आरोप लगाएका छन्। 'इमेज च्यानल, म्युजिक नेपाल, म्युजिक डटकम र इन्द्रेणी क्यासेट सेन्टर मिलेर मेरा गीत बेचेका छन्' फेसबुकमा उनकाे गुनासाे छ।

उनले म्युजिक डटकमका सञ्चालक राजेश वंशलसँग सम्झौतामा भएको अडियो क्लिपसमेत सार्वजनिक गरेका छन्। सम्झौतामा आफूले मेघाहर्ज एल्बमको सम्झौता पत्र च्यातिदिएको स्वीकार गर्दै थप लेखेका छन् 'अबको २४ घन्टामा म आत्मसमर्पण गर्न चाहन्छु।'

सामाजिक सञ्जालमा अनिल किन यसरी अप्रत्याशित रुपले प्रस्तुत भए त ? सिंहसँग गरिएको फोन संवाद उनकै शब्दमा :

'मेरो जीवन खतरामा छ' भनेर लेख्नुको कारणचाहिँ आफूले आफूलाई असुरक्षित ठानेर हो। अहिले मेरो र म्युजिक डटकमसँग युद्ध नै भएको छ। मेरो दुईवटा गीतचाहिँ म्युजिक डटकमले १७ वर्षदेखि प्रयोग गर्दै आएको रहेछ। मेरो अनुमतिबिना उहाँहरुले अवैधानिक ढंगले बिक्रीवितरण पनि गर्दै आउनुभएको रहेछ।

उहाँ(राजेश वंशललाई)सँगगुनासाे गर्ने क्रममा ठूलो-ठूलो नाम निस्कँदा एक्कासि आत्तिएको छु म। कतैबाट धम्कीको अनुभव गरेपछि आफूलाई असुरक्षित अनुभव गरें। त्यसैले मैले फेसबुकमा त्यस्तो लेखेकाे हुँ।

सम्बन्धित समाचारहरू

Comments