वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

  • झरना खबर
  • २०७८ श्रावण ६ गते १२:५६ बजे प्रकाशित

काठमाडौँ – वरिष्ठ कलाकार उत्तम नेपालीको ८४ वर्षको उमेरमा निधन भएको छ ।केही समययता मुटुको समस्या भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचाररत अवस्थामा बुधबार बिहान साढे ४ बजे निधन भएको हो।
 

उनी नेपाली कला क्षेत्रलाई प्रतिनिधित्व गरेर प्राज्ञका रूपमा प्रज्ञा प्रतिष्ठानमा उपस्थिति जनाउने बांग्देलपछिका अग्रजमध्ये नेपाली पनि पर्थे। उनी नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य समेत छन्।उत्तम नेपालीले कला क्षेत्रमा विभिन्न उपनाम पाएका छन् । धेरैले उनलाई ‘क्यानभासका बादशाह’ पनि भन्छन् । उत्तम नेपालीको वास्वविक नाम उत्तमप्रसाद कर्मचार्य हो । पछि उनले आफ्नो नाम छोट्याएका थिए ।

क्यानभासमै कविता लेखेर भावना प्रकट गर्ने जस्ता काम ३० को दशकमै थालेर आधुनिक नेपाली चित्रकलामा प्रयोगधर्मीता पनि भित्र्याएका नेपाली चित्रकारिताबाहेक कविता र गीत लेख्नेदेखि लिएर अभिनयसमेत गर्थे।

उनले पचास वर्षअघि राष्ट्रिय प्रतिभा पुरस्कार पाएका थिए भने अरू पनि थुप्रै सम्मानबाट विभूषित थिए।
 

सम्बन्धित समाचारहरू

Comments