प्रिमियर लिगका एक खेलाडी बालयौन दुराचारको आशंकामा पक्राउ

  • झरना खबर
  • २०७८ श्रावण ६ गते १६:१४ बजे प्रकाशित

काठमाडौँ : इंग्लिस प्रिमियर लिगका एक खेलाडी बालयौन दुराचारको आशंकामा पक्राउ परेका छन् ।

खेलाडीलाई गएको शुक्रबार ग्रेटर म्यानचेस्टर प्रहरीले पक्राउ गरेका थिए । कानूनी कारणले ३१ वर्षका खेलाडीको नाम  भने सार्वजनिक गरिएको छैन । 

ती खेलाडीको क्लबले वक्तव्य जारी गरेर  उनी निलम्बनमा परेको उल्लेख गरेका छन् । अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने र यो विषयमा थप टिप्पणी नगर्ने क्लबको वक्तव्यमा उल्लेख छ ।

ती खेलाडी शुक्रबार पक्राउ परि त्यसपछि धरौटीमा रिहा भएको र अनुसन्धान भने जारी रहेको उल्लेख  गरिएको छ ।

सम्बन्धित समाचारहरू

Comments