स्पष्टीकरण सोध्नु पार्टी एकताको मर्म विपरीत : माधवपक्ष

  • झरना खबर
  • २०७८ श्रावण ६ गते १६:४९ बजे प्रकाशित

काठमाडौँ : अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई मतदान गर्ने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोध्नु पार्टी एकताको मर्म विपरीत भएको नेकपा एमालेको माधवपक्षीय स्थायी समिति बैठकले निर्णय गरेको छ।

माधव नेपालसहित बसेको नेपाल पक्षीय बैठकले स्पष्टीकरण दिनुको  कुनै अर्थ नभएको र तत्काल फिर्ता लिन ओलीको ध्यानाकर्षण गरेका  छन् ।

बैठक सकिए लगतै नेता रघुजी पन्तले सञ्चारकर्मीहरुलाई यसबारे जानकारी दिँदै स्पष्टीकरणको कुनै अर्थ नभएको जिकिर गर्दै स्पष्टीकरण फिर्ता लिन अध्यक्ष ओलीको ध्यानाकर्षण गराइएको बताएका छन् ।

सम्बन्धित समाचारहरू

Comments