काठमाडौं । ओमानले जितका लागि नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । विश्वकप लिग २ अन्तर्गतको आजको खेल नेपालले कसिलो बलिङ गरेपछि ओमानले मध्यम लक्ष्य दिन नसकेको हो ।
नेपालले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको थियो । निर्धारित ५० ओभरमा ओमानले नाै विकेट गुमाएर १ सय ९७ रन बनाएको हो ।
ओमानका लागि मोहम्मद नदिमले ९६ बलमा नटआउट ६९ रन बनाए । अन्तिमसम्म टिकेका उनले ५ चौका र २ छक्का प्रहार गरेका उनको प्रदर्शनकै बलमा ओमानले नेपाललाई मध्यम लक्ष्य दिएको हो । यस्तै सन्दीप गाउदले ३३, नसिम खुशीले २८ र कप्तान जिशन मक्सुदले २० रन बनाए ।
बलिङतर्फ नेपालका करन केसी र सुसन भारीले अब्बल प्रदर्शन गरे । सुरुवात देखि नै विकेट लिएका करन केसीले ४ विकेट लिए ।
करनले पहिलो ओभरको अन्तिम बलमा ओमानी ओपनर जतिन्दर सिंहले बोल्ड गर्दै विकेटको खाता खोलेका थिए ।
यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका सुसन भारीले खेलको १९ औं ओभरमा दुई विकेटसहित कुल तीन विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले १ विकेट र १ रनआउट पारे ।
दाेस्राे इनिङ ४० मिनेटपछि सुरु हुनेछ ।
अन्तिम अपडेट : २०७६ माघ २२ गते १३:१९ बजे
Comments