कमानसिंह लामाको निधनको कारण नारायणकाजी श्रेष्ठ भएको परिवारको आरोप
- झरना खबर
- २०७७ मङ्सिर २५ गते २१:१२ बजे प्रकाशित
काठमाडौं । कमानसिंह लामाको निधनको मानसिक कारण नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भएको दावी लामाको परिवारले गरेको छ । नारायणकाजीले आर्थिक रुपमा डुबाउँदै परिवार बर्बाद पारेपछि मानसिक रुपमा थकित–गलित भएकाले कमानसिंहको इहलीला समाप्त भएको दावी कमानसिंहको परिवारसँग सम्वद्ध केही सदस्यहरुले गरेका हुन् ।
कमानसिंहले नारायणकाजीसँग अढाई करोड रुपैयाँ लिन बाँकी थियो । उहाँहरु बीच कुनै कम्पनीमा गासिँदा लेनदनेको कारोबार थियो । सो कम्पनी कुन हो भन्ने खुलेको छैन ।
लेनदेनमा नारायणकाजीले सुसन कर्माचार्य नामकी महिलालाई अगाडि लगाउनुभएको बुझिन्छ । सुसन र नारायणकाजी अत्यन्त निकट मित्रका रुपमा परिचित हुनुहुन्छ । नारायणकाजीको राजनीतिक यात्रामा सुसनको निकै राम्रो योगदान भएको ठानिन्छ । सुसनले विगतमा पत्रकारिता पनि गर्नुभएको थियो ।
अडियो भिडियोबाट के बुझिन्छ भने नारायणकाजीले सुसन मार्फत् पैसा खाइदिएपछि कमानसिंह चकनाचुर हुनभएको थियो । नाराणकाजीले सुसनलाई अगाडि सारेर अढाई करोड खाइदिएपछि कमानसिंहले सहारा लिनुभयो गोप्य रुपमा अडियो भिडियो रेकर्ड गरेर प्रमाण जुटाउने । उहाँ नारायणकाजीसँग लेनदेनको कुरा गर्न जानुभयो । अडियो भिडियो रेकर्ड गर्न लगाउनुभयो । सो अडियो भिडियो सनराइज खबरले प्राप्त गरेको छ । कमानसिंहको परिवार निकटले सनराइज खबरलाई सो अडियो भिडियो उपलब्ध गराएका हुन् । सो अडियो भिडियो कमानसिंह र नारायणकाजीकै हो भन्नेमा विश्वस्त भएपछि मात्र प्रकाशित गरेको हो ।
यो खबर सनराईज खबर मा छापिएको छ
अन्तिम अपडेट : २०७७ मङ्सिर २५ गते २१:१२ बजे
Comments