प्रचण्ड-माधवले गर्दा अहिलेको स्थिति आयो - बिझुक्छे

 काठमाडौँ -नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिझुक्छेले संसद विघटनको स्थिति प्रचण्ड-माधवले गर्दा आएको बताएका छन्। उहाँले अहिले पैदा भएको अवस्थाको जिम्मेबार प्रचण्ड-माधव गुट र काग्रेंसले लिनुपर्ने बताउदै ‘सरकारको उक्त कदमलाई नेमकिपाले स्वाभाविक रुपमा लिने  र समर्थन गर्छ’ अध्यक्ष बिझुक्छेले बताए  ।  
राष्ट्रपतिको कदमलाई आलोचना वा गाली गर्न नमिल्ने बताउँदै  अहिले पैदा भएको अवस्थाको जिम्मेबार प्रचण्ड-माधव गुट र काग्रेंसले लिनुपर्ने जिकिर गरे।  
 संचारकर्मीहरुसँग कुरागर्दै देशलाई अप्ठ्यारो परेको सूचना पाएपछि सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताए  । 
 तोकेकै मितिमै चुनाव हुनुपर्नेमा उनको जोड दिनुभयो । अध्यक्ष बिझुक्छेले ‘सरकारले सबै हिसाब किताब गरेर नै यो कदम चालेको हुनुपर्छ, सरकारले तोकेको मितिमा चुनाव गर्नुनै देश र जनताको पक्षमा हुनेछ। ’ उनले भने। 

सम्बन्धित समाचारहरू

Comments