काठमाडौं । सरकारले काठमाडौंका सडक पेटीमा बस्ने ६८० जनाको उद्धार गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिका सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठले दिएको जानकारीअनुसार महानगरको सहयोगमा मानव सेवा आरुमले महानगरभित्रका ५६१ जना पुरुष, १०३ जना महिला, ३ जना बालबालिका र १३ जना बालकको उद्धार गरेको उनले जानकारी गराइन् ।
तीमध्ये ५४२ जनालाई परिवारकै जिम्मा लगाइएको छ भने बाँकी आश्रममा राखिएको छ । आश्रममा राखेकामध्ये २० जना पुरुष र ३ जना महिला भने भागेको बताइएको छ ।
गत मंसिर २५ गते महानगर दिवसमा काठमाडौं महानगरले काठमाडौं सडक मानवमुक्त घोषणा गरेको भए पनि अझै पनि सडकमानव मुक्त भइसकेको भने छैन ।
अन्तिम अपडेट : २०७६ माघ २८ गते १२:५७ बजे
Comments