काठमाडौं : पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर गएको छ रेक्टर स्केलको भूकम्प २०७२ सालपछिको ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बताए ।
पछिल्लो समय पराकम्पनभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । त्यो भूकम्प १९९० सालपछिको हालसम्मकै ठूलो भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ ।
वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार कुनै क्षेत्रमा भूकम्प गइसकेपछि आउने जाने त्योभन्दा साना धक्का पराकम्पन हुन्छन् तर त्यही क्षेत्रमा अघिल्लोभन्दा ठूलो धक्का आएमा त्यो फेरि भूकम्प मानिन्छ । पराकम्पनको क्रम तीन/चार वर्षसम्म चल्न सक्छ । त्यसपछि भने फेरि भूकम्प आउन सक्छ ।
२०७२ यता गोरखा भूकम्पका पराकम्पन धक्का बढी गइरहेका थिए । पछिल्लो समय भने पराकम्पनको लहर घट्दै नयाँ भूकम्पका धक्का बढी जान थालेको पाइएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।यो वर्ष सुरु भएयता १३ वटा भूकम्पमध्ये चारवटा पराकम्पन रहेको केन्द्रले जनाएको छ । बाँकी नौवटा नयाँ भूकम्प हुन् । गोरखापत्र दैनिकबाट
अन्तिम अपडेट : २०७९ श्रावण १६ गते १०:०५ बजे
Comments