गोकर्णेश्वरमा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा सुरु

  • झरना खबर
  • २०८० मङ्सिर २८ गते १०:०५ बजे प्रकाशित

जोरपाटी- गोकर्णेश्वर नगरपालिकामा १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट सुरु भएको छ ।

नगरपालिका भित्र रहेका संस्थागत एवम सामुदायिक विद्यालयहरु मध्ये २८ वटा स्कुलले सहभागिता जनाएको आयोजक गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अध्यक्ष संञ्जय लामाले जानकारी दिएका छन् । बुधबार एक समारोहबीच गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले प्रतियोगिताको उद्घाटन गरेका हुन् । 

नगरपालिकाको वडा नम्बर-९ मा अवस्थित शंखडोल कराते एकेडेमी शंखडोलको कबडहलमा भएको उद्घाटन समारोहमा वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, सहभागी विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, शैक्षिक संस्थाका प्रमुख, नगरपालिकाका शिक्षा एवम खेलकुद शाखाका प्रमुख लगाएत स्थानीयको उपस्थिति रहेको थियो।

प्रतियोगितामा छात्र तथा छात्रा तर्फ मार्सल आर्टका र एथलेटिक्सका सम्पूर्ण खेलहरु, भलिबल र कबड्डी खेल समावेस गरिएको छ । उद्घाटन, समापन र भलिबलका साथै एथलेटिक्सका सम्पूर्ण खेलहरु नगरपालिका भित्र रहेका विभिन्न निजी तथा सामुदायिक विद्यालयमा खेलाइने भएको छ ।हिजो बुधबार कराँते खेलबाट कार्यक्रमको उद्घाटन गरिएको हो । प्रतियोगिता आगामी २ पुषसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचारहरू

Comments